नियम १३
सूचना दिन सक्ने
कुनै विदेशी मुलुक वा निकायले कुनै खास व्यक्ति, समूह वा संगठनसँगको कारोवारका सम्बन्धमा गरेको निर्णयले नेपालमा समेत असर पर्न सक्ने भई आवश्यक जानकारीको लागि नेपालको कुनै निकायलाई उपलब्ध गराएमा त्यस्तो निकायले पूर्व सावधानीको प्रयोजनको लागि सम्बन्धित निकाय वा संस्थालाई सूचना दिन सक्नेछ ।